काठमाडौंमा थपिए तीन जना कोरोना संक्रमित

काठमाडौं, २१ जेठ । काठमाडौंमा बुधबार थप तीन जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका एक जना काठमाडौं मेडिकल कलेज सिनामंगलका र दुई जना टोखाको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा जानाकारी दिए ।

टोखाको संक्रमित दुवैजना २७ वर्षिय युवती छन । उनिहरुको अवस्था अहिले सामान्य छ ।

जसमध्ये एकजना काठमाण्डौ मेडिकल कलेजमा कार्यरत महिला चिकित्सक हुन ।

आज थपिएका २०१ सहित नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६४ जिल्लामा संक्रमण देखिएको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्। आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here