लकडाउनमै मेगा बैंकका विशेष साधारण सभा सम्पन्न, गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

काठमाडौं, २१ जेठ । लकडाउनको अवधिमै मेगा बैंकले विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव पारित गरेको छ ।
बुधबार काठमाडौंमा भएको सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहको गण्डकी विकास बैंकलाई प्राप्ति गर्र्ने प्रस्ताव पारित भएको हो ।

मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ छ । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने अध्यक्ष शाहले बताए ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताइन । ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले प्राप्ति पछि बन्ने बैंकको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने उनले जानकारी दिइन ।

‘२७ वटा वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने छ,’ उनले भनिन ।

गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड, निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुनेछ । मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख र भने शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १ सय ४२ वटा हुनेछन् ।

पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबार नै दिन विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड छ ।

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here