गण्डकी प्रदेशका चार जिल्लामा थप १६ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ जेठ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरी बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लामा थप संक्रमित देखिएको जानकारी दिएको हो।

विज्ञप्तिका अनुसार बाग्जुङका नौ पुरुष र एक महिला, स्याङ्जाका एक किशोर, म्याग्दीका एक युवा र पर्वतका चार पुरुषमा संक्रमण पुष्टि भएको हो।

संक्रमित १६ देखि ३३ वर्ष उमेर समूहका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये तीन संक्रमित निको भएर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here