भारतमा एकैदिन ९ हजार ६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २२ जेठ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टाको ९ हजार ६३८ जना संक्रमित थपिएसँगै २ लाख १६ हजार ८२४ पुगेको हो । एकैदिन थपिएको अहिलेसम्मको उच्च संख्या हो ।

यसअघि सोमबार बिहानसम्म गएको २४ घण्टामा ८ हजार ७५० जना नयाँ संक्रमित फेला परेका थिए । त्यो संख्या सबैभन्दा बढी रहेको थियो । त्यो रेकर्ड फेरि तोडिएको छ ।

त्यस्तै मृतक २४ घण्टामा २५९ जना थपिएका छन् । यसअघि बुधबार २२१ जना र मंगलबार २०१ जना थपिएका थिए । शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए ।

अहिलेसम्म १ लाख ४ हजार ७१ जना कोरोना संक्रमित निको भएका छन् । २४ घण्टामा ३ हजार ७८६ जनालाई निको भएको छ ।

मृतकको संख्या ६ हजार ८८ पुगिसकेको छ । संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ ।

सबैभन्दा बढी ब्रजिलमा २७ हजार ३१२, दोस्रो स्थानको अमेरिकामा २० हजार ५७८ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ५३६ जना संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here