सान्जेन र रसुवागढीमा बिहीबारसम्म सेयर भर्न पाइने

काठमाडौं, १० बैशाख । सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद दुई दिन थपिएको छ ।

मेरो सेयरमा समस्या आएकाले लगानीकर्ताले आवेदन दिन नपाएको भन्दै नेपाल धितोपत्र बोर्डले दुई दिन म्याद थप गर्न कम्पनीलाई निर्देशन दिएको हो । सोही निर्देशनका आधारमा कम्पनीले म्याद थप गरेको हो ।

यी कम्पनीले गत शुक्रबारदेखि आइएपीओका लागि आवेदन खुला गरेका थिए । यसअनुसार आवेदन दिन पाइने पहिलो चरणको अन्तिम दिन मंगलबारसम्म मात्र थियो । यही म्याद विस्तार गरेर बिहीबार सम्म पु-याइएको हो ।

मंगलबार साझसम्ममा सान्जेन जलविद्युत कम्पनीको सेयरमा २ लाख ५३ हजार आवेदन परेको छ । ती आवेदनमार्फत लगानीकर्ताले १ करोड २१ लाख कित्ताका सेयर माग गरेको विक्रीप्रवन्धक कम्पनीले जनाएको छ । यो सर्वसाधारणकालागि कम्पनीले जारी गरेको सेयर संख्या भन्दा साढे २ गुणा बढी हो ।

रसुवागढीमा १० गतेसम्म २ लाख ५० हजार आवेदन परेको बताइएको छ । ती आवेदनमार्फत लगानीकर्ताले १ करोड ४७ लाख ११ हजार कित्ताका सेयर माग गरेका छन् । यो पनि कम्पनीले सर्वसाधारणलाई जारी गरेको भन्दा करिब २ गुणा बढी हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here