नेपालमा कोरोना संक्रमणबारे नयाँ र बुझ्नै पर्ने कुरा – डा. रबीन्द्र पाण्डे

फाइलफोटो

नेपालमा कोेरोना महामारीको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक साताको अवधिमा संक्रमितको संख्या बढेपछि सर्वधारणहरु अनेकौ आंकलन गर्न थालेको छन् ।

लकडाउनको उल्लघन गर्दै हिड्नेको संख्या पनि बढ्दै गएको छ । बिहिबार ३३४ जना थपिएसँगै संक्रमितको संख्या २३३४ पुगेको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये २९० जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ। कोरोनाको बारेमा डा. रबीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञले संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा सार्वजनिक गरेका छन् ।

– कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाद्यन्यबाट सर्दैन ।

– संक्रमितसंग ५ – १० मिनेट कुरा गर्दा सर्दैन ।

– घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ | केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण गराउन सक्ने भाइरल लोड पुग्दैन ।

डा. रबीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ

– N95 मास्क लगायत महँगो मास्क प्रयोग गर्नु जरुरी हुँदैन। सामान्य सर्जिकल मास्क तथा २ पत्रे कटनको मास्कलाई घाममा राखेर वा धोएर पनि प्रयोग गर्न सकिन्छ । अमेरिका लगायत बिकसित देशमा पनि यो प्रचलन कायम छ ।

– आफ्नो पावरको वा पावर आबश्यक नभए सस्तो ब्राण्डको चस्मा लगाउनु सुरक्षित हुन्छ । त्यस्तै डिस्पोजेबल वा धुन मिल्ने पंजा लगाउँदा पनि सुरक्षित भइन्छ ।

– संक्रमित व्यक्तिले संक्रमण भएको ११ दिनपछि टेस्टमा पोजिटिभ देखिएपनि सामान्यतया अरुलाई रोग सर्दैन ।

– घर, कार्यालय तथा अन्य कार्यस्थलमा पर्याप्त उज्यालो र हावा छिर्ने बातावरण भएमा कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ ।

– लामखुट्टे, झिंगा आदिबाट कोरोना संक्रमण सर्दैन ।

– जेष्ठ नागरिक तथा अनियन्त्रित दीर्घरोगभएका व्यक्ति बाहेक अरुलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन । २ हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाब ब्यबस्थापन गर्ने हो भने ९० % संक्रमितलाई आफै निको हुन्छ ।

– रुघाखोकी लाग्दा कोरोना संक्रमण भयो कि भनेर डराउनु पर्दैन ।

– नेपालमा देखिएको कोरोना संक्रमण ८५ % भारतबाट आएकोमा देखिएको छ । त्यो समुहलाई सीमामा होल्डिंग गरेर क्वारेन्टाइन, स्याहार, परिक्षण, संक्रमितलाई आइसोलेसन र संक्रमण नभएकालाई आफ्नो थातथलोमा पठाउने हो भने डरलाग्दो अवस्था आउंदैन ।

– नेपालमा सबैभन्दा सुरक्षित ठाउँ पहाडी तथा हिमाली जिल्लाका गाउँ हुन् ।

– गुर्जो, तुलसी, बेसार, ज्वानो, अदुवा, अश्वगन्धा, मरिच, चिराइतो, नीम, अमला लगायतका जडिबुटीले रोगसँग लड्ने क्षमता बढाउँछन् | कोरोना संक्रमणको उपचारमा यी जडिबुटीको सफल भूमिका धेरै देशमा देखिएको छ ।

– नेपालमा भएका अधिकांश मृत्यु कोरोनाले मात्र भएको हैन । परीक्षणमा कोरोना पनि देखिएको हो ।

– नेपालमा हालसम्म सक्रमितमध्ये ९०% जोखिम बर्गमा पर्दैनन् । तसर्थ मृत्युदर हामीले सोंचेभन्दा कम हुन्छ ।

– कोरोना अन्तराष्ट्रिय ब्राण्ड भएकोले ठूलो प्रचारमा आएको हो । प्रचारमा आए अनुसार यो घातक छैन । विश्वभर यो ५ महिनामा भएको मृत्युलाई अघिल्लो बर्षको यहि समयमा भएको मृत्युलाई तुलना गर्ने हो भने त्यति ठूलो फरक छैन ।

– मन भनेको शरीरको ड्राइभर हो । मन बलियो भयो भने हामी दुर्घटनामा पर्दैनौं । मन कमजोर भयो भने टल्किने गाडी भएपनि तथा सुन्दर सडक भएपनि दुर्घटना हुन्छ | रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरुरी छ ।

– हामी आत्मा अनुशाशनमा बस्यौं भने, उच्च मनोबल राख्यौं भने तथा सकारात्मक सोंच राख्यौं भने संक्रमण भएपनि हामीलाई खतरा हुँदैन ।

– अन्य देश र हाम्रो देशको धरातलीय यथार्थता फरक छ, खानपान फरक छ, जीवनशैली फरक छ, जनघनत्व फरक छ ..| तसर्थ अन्य देशको अवस्था हेरेर डर मान्नुपर्दैन ।

– रोजगारी, लगानी लगायत ब्यबसायको कारण धेरै व्यक्तिमा चिन्ता देखिएको छ | कोरोना संक्रमणको जगजगी लामो समय रहदैन | त्यसपछि हाम्रो मेहेनतले जीवन अझै राम्रो हुनेछ ।

– हामीले आफुलाई समय अनुसार परिवर्तन गर्नुपर्दछ, हाम्रा ब्यबसाय परिवर्तन गर्नुपर्दछ | घाटा लाग्ने अवस्थामा कम घाटा खाने योजना बनाउनु पर्दछ । महामारीमा जीवन यापन गर्नको लागि हामीसंग धेरै बिकल्प छन्, त्यसलाई चिन्न सक्नुपर्दछ ।

– परिक्षणको दायरा बढेसंगै संक्रमितको पहिचान हुनेछ । संक्रमितको पहिचान हुनु, संक्रमितलाई स्वस्थ व्यक्तिसंग मिसिन नदिनु सकारात्मक बिषय हो । यसले रोग नियन्त्रणमा ठूलो सहयोग गर्दछ ।

– मन, प्रकृति र चेतनालाई ध्यानमार्फत एकाकार गरेर मनलाई शान्त गराउने, स्वाश्प्रश्वासको अभ्यास गर्ने, मनोरंजन गर्ने, खाली दिमाग नबस्ने, व्यायाम गर्ने, राति ८ घण्टा सुत्ने र सत्यको बाटोमा हिंड्ने गर्यौं भने जीवन सुखमय हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here