क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएका सुर्खेतका युवामा कोरोना पोजेटिभ

प्रतिनिधी तस्विर

काठमाडौं, २३ जेठ । कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको हो । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो।

शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई बुधबार घर पठाइएको थियो । उनी भारतको मुम्बईबाट जेठ सात गते सुर्खेत आएका थिए ।

युवकसहित जनता मावि विद्यापुर क्वारेन्टिनमा रहेका वडा नम्बर १ का ६ जनालाई बुधबार दिउँसो घर पठाइएको थियो । क्वारेन्टिनस्थलबाट रातको करिब ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । सोही स्थानमा उनको मृत्यु भएको थियो ।

युवकको मृत्युपछि उनीसँगै घर फर्केका पाँच जनाको पनि स्वाब परीक्षणको तयारी गरिएको छ । उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ११ औं ब्यक्ति हुन । बिहिबार पनि पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here