चर्चित साइकल कम्पनी एटलासले बन्द गर्‍यो उत्पादन, ७ सयको जागिर गुम्यो

काठमाडौं । चर्चित साइकल उत्पादन भारतीय कम्पनी एटलासले सबै उत्पादन बन्द गरेको छ । कोरोना भाइरसले निम्त्याएको संकटबीच गाजियाबाँदको फ्याक्ट्री बन्द गरेको हो ।

एटालसको यो निर्णयले सात सयभन्दा बढी कामदार बेरोजगार बनेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।

कम्पनीको उत्पादन बन्द भएसँगै बुधबारबाटै कार्यरत सबै कर्मचारीलाई बिदा दिएको छ।

यो कम्पनीको मुख्यालय भारतको हरियाणामा छ। कम्पनीले सन् १९५१ बाट साइकल उत्पादन सुरु गरेको थियो।

पछिल्ला केही वर्षदेखि यो कम्पनीले आर्थिक संकट व्यहोर्दै आएको छ। अहिले कोरोनाभाइरस महामारीका कारण झनै यो कम्पनी समस्याग्रस्त बनेको छ।

एटलास भारतको पुरानोमध्येको साइकल उत्पादन कम्पनीमा पर्छ।

कम्पनीमा सन् १९९० देखि कार्यरत कर्मचारी छन्।

आर्थिक संकटकै कारण कम्पनीले सन् २०१४ मा मध्यप्रदेशको मलानपुरस्थित इकाइ र २०१८ मा सोनिपटस्थित एकाइ बन्द गरिसकेको छ।

हाल कम्पनीको एउटा एकाइमात्र सञ्चालनमा थियो। – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here