सेञ्चुरी बैंकद्धारा कलाकर्मीलाई सहयोग

काठमाडौं, २३ जेठ । सेञ्चुरी कमर्सियल बैंकले कोरोनाको कारण आर्थिक संकटमा परेका कला तथा संगीत क्षेत्रमा आवद्व भएका विभिन्न व्यक्तिहरुलाई त्वहरुलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले नेपाल सांगीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा उनीहरुलाई खाद्यान्न उपलब्ध गराएको छ ।

बैंकले यस विषम परिस्थितिमा मानवीय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here