११ दिनमा भूकम्पका चार धक्का, बुधबारमात्रै धादिङ केन्द्रबिन्दु बनाएर दुई पराकम्प

काठमाडौं, ११ वैशाख । धादिङ केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्पका दुई धक्का महसुश गरिएको छ । बुधबार बिहान ६ः२९ र ६ः४० गरी दुई पटक भुकम्पको धक्का महसुश गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार दुबै झट्काको केन्द्रविन्दु धादिङ हो ।बुधबार बिहान क्रमशः ५.२ र ४.३ रेक्टर स्कलको भूकम्प मापन गरिएको छ ।

१२ बैशाख २०७२ को भूकम्प गएको बिहीबार ४ वर्ष पुग्दैछ । ९ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी आएको विनासकारी भूकम्पपछि सयौं झट्का गइसकेको छ । केन्द्रका अनुसार बैशाख २०७६ मा मात्र बझाङ, गोरखा र धादिङ गरी चार पटक भूकम्पको धक्का महशुस भइसकेको छ ।

यसअघि बझाङ केन्द्र भएर बैशाख २ मा ४.८ तथा गोरखामा बैशाख ३ मा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । १२ बैशाखको भूकम्पले क्षति गरेको नेपाल अझै पूनर्निर्माणकै चरणमा छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछिका ४ वर्षमा पुनर्निर्माणको केवल ३२ प्रतिशत हाराहारीमात्र काम सकिएको छ । निजी आवास पुनर्निर्माणतर्फ अझै ५० प्रतिशत काम गर्नै बाँकि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here