एयर अरेबियाबाट आएका नेपालीलाई उपत्यकाकै होल्डिङ सेण्टरमा राखियो

काठमाडौं, २३ जेठ । एयर अरेबियामार्फत संयुक्त अरब इमिरेटस बाट आएका नेपालीहरुलाई काठमाडौं उपत्यकामै रहेका होल्डिङ सेण्टरहरुमा राखिएको छ ।

उनीहरुलाई प्रदेशगत रुपमा छुट्याएर नेपाली सेनाको व्यवास्थापनमा राखिएको कोभिड १९ क्राइसिस म्यानेजमेण्ट सेण्टरले जानकारी दिएको छ । जसअनुसार बागमती, गण्डकी र प्रदेश नं ५ का नागरिकलाई काठमाडौं, प्रदेश १ र २ का लाई भक्तपुर तथा कर्णाली र सुदूरपश्चिमका लाई ललितपुरस्थित होल्डिङ सेण्टरमा राखिएको छ ।

होल्डिङ सेण्टरमा उनीहरुको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीषण लगायत कार्य गरी सम्बन्धित प्रदेशको समन्वयमा प्रदेशमा पठाउन तयारी गरिको बताइएको छ ।

एयर अरेबियाबाट शुक्रबार साँझ ५ः३७ बजे १ नाबालक सहित १ सय ६९ जना नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

सो विमानमा आउनेमा ४६ जना प्रदेश १ का, २३ जना प्रदेश २ का, ३७ जना बागमतीका, २८ जना गण्डकीका, १८ जना प्रदेश ५ का, ४ जना कर्णालीका र १२ जना सुदूरपश्चिमका छन् ।

सरकारले जेठ १२ गते एक निर्णय गरी स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने बताएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here