गोरखामा एकैदिन १० जनामा कोरोना पोजेटिभ

काठमाडौं, २५ जेठ । गोरखामा एकै दिन १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गोरखाको गण्डकी गाँउपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ बर्षका गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमासमेत कोरोना भाइरस पुष्टि भएको हो । कोरोना देखिएका सबै पुरुष हुन ।

संक्रमितमध्ये गण्डकी गाउँपालिकाको भिमोदय आधारभूत विद्यालय र रत्नेश्वर मावि दर्बुङको क्वारेन्टिनमा चार\ चार जना र १ जना ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका छन् ।

उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा शनिवार भएको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूलाई आजै जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा लैजाने तयारी गरिएको गण्डकी गाउँपालिका ८ का वडाअध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।

गोरखामा संक्रमितमध्ये आठ जना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्ति हुन्।

गोरखाको गण्डकी गाउँपालिकामा कोरोना संक्रमण देखिएका एकयुवा मोटरसाइकल बनाउँदै हिड्ने मिस्त्री भएको खुलेको छ । काभ्रे घर भएका हाल गण्डकी ८ सिउरेनीटारमा डेरा गरी बस्ने २५ वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो ।

दुईहप्तासम्म घर छोडेर हिँडेका उनी फर्केर आएपछि स्थानीयबासीले ज्ञानमार्ग माविको क्वारेन्टिनमा राखेको वडाअध्यक्ष रेग्मीले जानकारी दिए । उनीसँगै बस्ने काभ्रे घर भएका अर्का युवा पनि सोही क्वारेन्टिनमा छन् ।

तर एकजनामा मात्र कोरोना संक्रमण देखिएको रेग्मीले बताए । सो क्वारेन्टिनमा अहिलेसम्म जम्मा दुईजना मात्र रहेका छन्।

गण्डकी स्वास्थ्य निर्देशानलयले आइतबार प्रेस विज्ञप्ति जारी गरेर स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी थप ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here