गोरखाको प्रहरी हिरासतभित्र रहेका युवकमा कोरोना पुष्टि

काठमाडौं, २५ जेठ । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतभित्र रहेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार जबरजस्तीकरणी मुद्दाका आरोपी युवकमा कोरोना पोजेटिभ देखिएको हो ।

जवरजस्ती करणी अभियोगमा ती युवकलाई प्रहरीले दश दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै आरडिटी परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई हिरासतमा राखिएको थियो ।

ती युवकसहित गोरखा प्रहरी हिरासतमा अर्का एक पुरूष पनि सँगै थिए। गण्डकी प्रदेशमा आइतबार ३८ जनामा कोरोना देखिएको थियो त्यसमध्ये १० जना गोरखाका रहेका थिए ।

गोरखामा संक्रमितमध्ये आठ जना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्ति हुन्।

गोरखाको गण्डकी गाउँपालिकामा कोरोना संक्रमण देखिएका एकयुवा मोटरसाइकल बनाउँदै हिड्ने मिस्त्री भएको खुलेको छ । काभ्रे घर भएका हाल गण्डकी ८ सिउरेनीटारमा डेरा गरी बस्ने २५ वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो ।

दुईहप्तासम्म घर छोडेर हिँडेका उनी फर्केर आएपछि स्थानीयबासीले ज्ञानमार्ग माविको क्वारेन्टिनमा राखेको वडाअध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए । उनीसँगै बस्ने काभ्रे घर भएका अर्का युवा पनि सोही क्वारेन्टिनमा छन् ।

तर एकजनामा मात्र कोरोना संक्रमण देखिएको रेग्मीले बताए । सो क्वारेन्टिनमा अहिलेसम्म जम्मा दुईजना मात्र रहेका छन्।

गोरखामा एकैदिन १० जनामा कोरोनो पोजेटिभ, सबै भारतबाट आएका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here