सुनको मूल्य तोलामै साढे १० हजार महँगियो

काठमाडौं, २५ जेठ । सुनचाँदीको व्यवसायी महासंघले साढे दुई महिनापछि सुनचाँदीको मूल्य तोकेको छ ।

लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आइतबारबाट सुनको मूल्य तोक्न सुरु गरेको हो ।

महासंघले आइतबारका लागि सुनको भाउ प्रति १० ग्राम ७४ हजार ९ सय ३० अर्थात् तोलाको ८७ हजार ४ सय कायम गरेको छ ।

यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

अन्तर्राष्ट्रिय बजार भाउ अनुसार मूल्य कायम गरिएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलाको ९ सय २५ रुपैयाँ तोकेको महासंघले जनाएको छ । चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९ सय २५ रुपैयाँ पुगेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here