कर्णालीमा थपिए ५४ जना कोरोना संक्रमित, सबैभन्दा बढी सल्यानका

काठमाडौं, २५ जेठ । कर्णाली प्रदेशमा ५४ जना थप कोरोना संक्रमित भेटिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५४ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी सल्यानका २८ जना छन्। सल्यालनका बनगाड कुपिन्डे नगरपालिकाका २२ जना बेलखोला गाउँपालिकाका ३ र कुमाख गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो। सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेका छन् ।

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २० जनामा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको छ। कालिकोटको खाडाचक्र नगरपालिकाका २ र महावै गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here