पूँजीबजार छिट्टै खुल्ने, आवश्यक व्यवस्था मिलाउन धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २५ जेठ । पूँजीबजार धेरै समय बन्द गरेर बस्न नहुने भएकाले त्यसको आन्तरिक तयारीमा जुटन अर्थमन्त्री युवराज खतिवडाले धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा बोल्दै खतिवडाले धितोपत्र बजार बन्द गर्दा सेयर मात्र हुनेहरुलाई अप्ठेरो परेको बताउँदै बजार खोल्न आग्रह गरे ।

सरकारले लकडाउन गरेको छ भनेर धितोपत्र बोर्डले पूँजी बजारलाई सधै बन्द गरेर बस्न मिल्दैन, कोरोना जितेर आर्थिक क्रियाकलाप गर्ने भन्ने होइन। योसँग लड्दै हामी अगाडि बढ्नु पर्छ उनले भने ।

पूँजीबजारलाई सार्क स्तरिय बनाउन पनि अर्थमन्त्रीले निर्देशन दिएका छन् । कोडिभ–१९ बाट सबै भन्दा कम प्रभावित दक्षिण एसियाली राष्ट्र नै भएकाले ‘पोष्ट कोरोना’ पनि यही क्षेत्रको आर्थिक गतिविधिले तिब्रता पाउने भन्दै सार्क स्तरमा पहुँच पु¥याउन उनले निर्देशन दिएका हुन ।

कोरोनासँगै मानिसको जीवनयापन संचालन गर्नुपर्ने भएकाले आधारभुत आर्थिक क्रियाकलाप संचालन गर्न अबका दिनमा पूँजी बजार खुला गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले लकडाउन अझै लम्बिने संकेत गर्दै बजार सुुधार र बजारको माग र आपूूर्तिबीच सन्तुुलन गर्न पूर्वाधार खडा गर्न बोर्डलाई निर्देशन दिए। उनले अब बजार खुुलाउने विषयमा तयारी थाल्नसमेत निर्देशन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here