एकैदिन १ सय २ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४ सय ६७

काठमाडौं, २५ जेठ । नेपालमा एकैदिन थप १०२ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।

दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

कलैया अस्पताल बाराबाट ३४ जना, युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट महोत्तरीका एक जना र गौर नर्सिङ होमबाट अस्पताल रौतहटबाट १८ जना डिस्चार्ज भएका छन्। धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्।

बुटवलबाट कपिलबस्तु र रुपन्देहीका २७ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६७ पुगेका छन्।

हालसम्म १३ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here