नेपालमा बढी बिक्ने मध्यमस्तरका स्मार्टफाेन, कुनकाे मुल्य कति ?

काठमाडौं, ११ वैशाख । मोबाईल फोन अहिले आधुनिक दूरसञ्चारको पर्याय मात्र बनेको छैन, आम मानिसको दैनिक जीवनको अभिन्न हिस्सा पनि बनेको छ ।

इन्टरनेटको प्रयोग बढेसँगै सिमित सुविधा भएका फिचर फोनको सट्टामा विभिन्न नयाँ सुविधायुक्त स्मार्टफोनको माग अत्याधिक हुन थालेको छ ।

मोबाईल फोनको विकास भएको धेरै समय भएको छैन तर, अहिले स्मार्टफोनको रुपमा मोबाईल प्राय सबैको हातहातमा पुगिसकेको छ । एउटै फोनबाट धेरै किसिमका कामहरु गर्न सकिने भएकाले पनि स्मार्टफोनको लोकप्रियता बढ्दो छ ।

सन् १९७३ मा मोटोरोला कम्पनीको लागि मार्टिन कुपरले पहिलो मोबाईल फोन बनाएदेखि अहिलेसम्म मोबाईल फोनको आकार मात्रै होइन सुविधामा पनि धेरै परिवर्तन आइसकेको छ ।

मध्यमस्तरका फोन रोजाईमा

समयसँगै नयाँ प्रविधि र विशेषता सहितका स्मार्टफोन ल्याएर उपभोक्ताको मन जित्न विभिन्न स्मार्टफोन निर्माता कम्पनीहरुको प्रतिस्पर्धा नै चल्न थालेको छ ।

नेपाली बजार पनि यस होडबाजीबाट टाढा छैन । उपभोक्ताको रुची अनुसार विभिन्न ब्राण्डका र, विशेषगरी मध्यमस्तरका स्मार्टफोन नेपाली बजारमा बढी बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन् ।

नेपाली बजारमा सामसुङ, हुवावे, ओप्पो, एमआई, भिभो, लाभा, एलजी, लेनोभो, पानासोनिक, जिओनी, कलर्स जस्ता ब्राण्डका स्मार्टफोन बढी बिक्री हुने मोवाईल फोन बिक्रेताहरु बताउँछन् ।

नेपाली बजारमा युवा ग्राहकहरुले मध्यमस्तरका स्मार्ट फोन बढी खोज्ने गर्छन् । व्यावसायीहरुले बताए अनुसार १५ हजार देखि ३० हजार रुपैयाँ मुल्य आसपासका मोबाईलफोन नेपाली बजारमा बढी चल्ने गरेका छन् ।

कस्ता कस्ता स्मार्टफोनको माग बढी छ ?

सामसुङ



टेलिफाईन ट्रेडका व्यवसायी अनिल श्रेष्ठका अनुसार उनका अनुसार सामसुङ ब्राण्डका एम टेन, एम ट्वान्टी, ए ट्वान्टी, ए थर्टी, ए फिफ्टी जस्ता फोनहरु बढी बिक्छन् ।

नेपालमा बजारमा सामसुङ एम टेनको मुल्य १३ हजार १९० रुपैयाँ रहेको छ । त्यस्तै एम ट्वान्टीको १८ हजार ४९०, ए ट्वान्टीको २० हजार, ए थर्टीको २७ हजार र ए फिफ्टीको ३३ हजार ५०० रुपैयाँ रहेको छ ।

सामसुङ ब्राण्डका अन्य मोडलहरु पनि नेपाली उपभोक्ताले धेरै रुचाउने व्यावसायी बताउछन् ।

ओप्पो

नेपाली बजारमा पछिल्लो समय रुचाइएको अर्को ब्राण्ड हो ओप्पो । ओप्पो मोबाईल फोनमा क्यामेरा राम्रो हुने भएकाले धेरै मात्रामा बिक्रि हुने बिक्रेताहरु बताउँछन् ।

एमसियस मोबाईल ग्यालरीका बिक्रेता सागर परियारका अनुसार ओप्पो कम्पनिको ओप्पो ए थ्रीएस मोबाईलको सबैभन्दा धेरै बिक्री हने गरेको छ । जसको मूल्य नेपाली बजारमा रु १६ हजार ९९० रहेको छ ।

त्यस्तै केही दिन अघिमात्रै लन्च भएको ओप्पो एफ इलेभेनको बुकिङ्ग पनि धेरै भएको कुरा पनि उनले बताए । उक्त स्मार्टफोनको मुल्य ३७ हजार ९०० तोकिएको छ ।

हुवावे

मोबाईल व्यवसायी दिपेश थापाका अनुसार नेपाली बजारमा हुवावे ब्राण्डका वाई सिक्स प्रो र वाई सेभेन प्रो फोनको व्यापार धेरै मात्रामा हुने गरेको छ ।

नेपाली बजारमा हुवावेको वाई सिक्स प्रो स्मार्टफोनको मूल्य १६ हजार ८०० रुपैयाँ रहेको छ भने वाई सेभेन प्रो स्मार्टफोनको मूल्य रु १८,५०० रहेको छ । हुवावेको नोभा सिरिजका फोन पनि उपभोक्ताको रोजाइमा पर्ने थापाले बताए ।

एमआई

एल्बिन मोवाईल हाउसका सञ्चालक अजय श्रेष्ठका अनुसार नेपाली बजारमा एमआईको रेडमी सिक्स ए टु लाईट, रेडमी एमआई नोट सेभेन, रेडमी एमआई नोट सिक्स जस्ता स्मार्टफोनहरु धेरै मात्रामा बिक्री हुने गरेको छ ।

व्यवसायी श्रेष्ठका अनुसार नेपाली बजारमा एमआईको रेडमी सिक्स ए टु लाईटको मूल्य २१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै रेडमी एमआई नोट सिक्स र नोट सेभेनको मूल्य नेपाली बजारमा क्रमशः १५ हजार ४९० र २५ हजार रुपैँया रहेको पनि उनले बताए ।

भिभो

नेपाली बजारमा केही समयअघिमात्रै प्रवेश गरेको भिभो कम्पनीको वाई नाईन्टी वान सी र वाई नाईन्टी थ्री जस्ता मोबाईल फोनहरु माग बढी भएको एक बिक्रेताले बताए ।

नेपाली बजारमा भिभो वाई नार्ईन्टी वन सीको मूल्य १७ हजार ७९० रुपैयाँ रहेको छ भने वाई नाईन्टी थ्रीकाे मूल्य २० हजार ९९० रहेको छ ।

कलर्स फोन

व्यवसायी अंकुश अग्रवालका अनुसार नेपाली बजारमा कलर्स ब्राण्डको मोबाईलमा कलर्स एस वान र एस इलेभेन फोनको व्यापार धेरै मात्रामा हुने गरेको छ ।

नेपाली बजारमा एस वान फोनको मुल्य १० हजार २९० रुपैयाँ रहेको छ भने एस इलेभेनको मुल्य १४ हजार ४९५ रहेको छ ।

लाभा फोन

मोबाईल व्यावसायी लोकेश मर्हजनको अनुसार नेपाली बजारमा लाभा ब्राण्डका आईरिस फिफ्टी वान र आईरिस सिक्सटी वान फोनको धेरै मात्रामा बिक्री हुने गरेको छ ।

नेपाली बजारमा आईरिस फिफ्टी वानको मुल्य ९ हजार ७०० रुपैयाँ रहेको छ भने आईरिस सिक्सटी वानको मुल्य १० हजार २०० रुपैयाँ रहेको छ ।

व्यावसायीहरुका अनुसार युवापुस्तामा सूचना प्रविधिको राम्रो ज्ञान हुने भएकाले स्मार्टफोन किन्नुभन्दा पहिले नै आफ्नो बजेट अनुसार बजारमा पाइने विभिन्न ब्राण्ड र मोडलको बारेमा इन्टरनेट वा साथीभाइबाट जानकारी लिएका हुन्छन् ।

उनीहरु कुनैपनि स्मार्टफोन खरिद गर्नुभन्दा पहिले आफूले खरिद गर्न लागेको फोनको क्यामेरा कस्तो छ, ब्याट्री कति समयसम्म टिक्छ, र्याम कति छ साथै मोबाईलको डिस्प्ले आदी विभिन्न प्राविधिक पक्षको बारेमा पनि सम्पुर्ण जानकारी लिने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here