भारतमा एकै दिन १० हजार ७ सय संक्रमित थपिए, सार्वजनिक स्थान खुल्दै

काठमाडौं, २६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ३ सय ३४ पुगेको छ । आइतवार एकै दिन १० हजार ७ सय नयाँ संक्रमित थपिएपछि उक्त संख्या पुगेको हो ।

भारतमा संक्रमितको संख्या १ बाट १० हजार पुग्न ७४ दिन लागेको त्यसपछि तीव्र रुपमा बढेको छ । अहिलेसम्म ७ हजार २ सय १ जनाले ज्यान गुमाएका छन् । आइतवार २ सय ६२ जना संक्रमितले ज्यान गुमाएका थिए ।

कोरोनाको संक्रमित बढ्दे गएपछि आजदेखि लकडाउन खुकुलो गराउँदै मल, पसल र सार्वजनिक स्थान खुला भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here