काठमाडौ, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा उपचारका लागि खर्च गरेको १० अर्ब रुपैयाँको हिसाबको जवाफ दिएका छन।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै ढकालले उक्त रकम तीनवटै निकायका सरकारले खर्च गरेको संसदमा बताए।
मन्त्री ढकालले २ अर्ब ७६ करोड स्थानीय तहबाट खर्च भएको जानकारी दिए । ६ सय ४१ स्थानीय तहको खर्च मात्रै यसमा समावेश भएको जानकारी दिए । जसमध्ये २ अर्ब ९२ करोड ५५ लाख रुपैयाको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामाग्रीहरु खरिद गर्नमा खर्च गरेको बताए।
यस्तै, प्रदेशबाट १ अर्ब ८ करोड खर्च भएको छ । केन्द्रको ६ अर्ब ३ करोड खर्च भएको मन्त्री ढकालले बताए ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङ का लागि जानुपर्ने भएकाले त्यसक्रमको यातायात खर्च, संक्रमितलाई अस्पताल ल्याउने लगायत काममा हुने खर्च पनि समावेश भएको उनको भनाइ छ। तर यो खर्चमा सबै पालिकाको खर्च जोड्दा अझै बढ्न सक्ने बताए।






















