भाइबरले शुरु गर्‍यो ग्रुप भिडियो कल

काठमाडौं । भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ। जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिन्छ।

भाइबरकाअनुसार व्यापक भिडियो कलको बढ्दो माग भैरहेकोले यो नयाँ विशेषता भाइबरमा थप गरिएको हो।

सामाजिक दूरीको नियम र मानिसहरुमाझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ।

अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरुदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएको भाइबरले बताएको छ।

मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गरी कार्य-मैत्री सुविधाहरु जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिने भएको छ।

ग्रुप भिडियो कल शुरु गर्न स्क्रिनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाएर अथवा चालू भइरहेकै भिडियो कलमा थप सहभागीहरुलाई सजिलैसँग थप्न सकिन्छ।

प्रयोगकर्ताहरुले व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रुपमा पिन गर्न सक्नेछन्। साथै प्रयोगकर्ताहरुले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि सकिने कम्पनीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here