रूपन्देहीमा एक युवकले गरे आफ्नै ५ जना साथीको हत्या

काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा एक जनाले एकैसाथ ५ जनाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएको हो। मृतक १४ देखि ४० वर्षसम्मको रहेका छन् ।

घटनामा संलग्न आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार ती सबै जना गाइ फार्ममा काम गर्ने मजदुर हुन्। के कति कारण हत्या गरियो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।