रूपन्देहीमा एक युवकले गरे आफ्नै ५ जना साथीको हत्या

फाइलफोटो

काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा एक जनाले एकैसाथ ५ जनाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीको अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएको हो। मृतक १४ देखि ४० वर्षसम्मको रहेका छन् ।

घटनामा संलग्न आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार ती सबै जना गाइ फार्ममा काम गर्ने मजदुर हुन्। के कति कारण हत्या गरियो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here