थप ३ सय २३ जनामा कोरोना संक्रमण

काठमाडौं, २७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५ सय ८४ पुगेको छ ।

कोरोना संक्रमणबाट नेपालमा १५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

कोरोनाको आशंकामा नेपालमा हालसम्म २ लाख ७२ हजार ४ सय ८९ जनाको कोरोना परीक्षण छ।

जसमध्ये १ लाख ६ हजार ३ सय ३१ को पिसिआर र १ लाख ६६ हजार १ सय ५८ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here