कोरोना विरुद्ध लड्न नबिल बैंकको २६ लाख २८ हजार सहयोग

काठमाडौं, २७ जेठ । कोभिड–१९ को रोकथाम र उपचारको लागि नबिल बैंकले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा रु २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक श्री उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख श्री रोशन कोइराला उपस्थित रहेको थियो ।

कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले बताए ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बंैकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे ।

साथै, यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास ब्यक्त गर्दै सहयोग गर्ने संचालक समिति सदस्य र बैंकका कर्मचारीहरुलाई धन्यवाद समेत दिए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here