इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टीसम्बन्धी मुद्दा जित्यो, २ अर्ब बढी रकम फिर्ता हुने

काठमाडौं २७, जेठ । तनहुँ जलविद्युत् लिमिटेडको बैंक ग्यारेन्टी सम्बन्धी मुद्दा नेपाल इन्भेष्टमेण्ट बैंकले जितेको छ । यो सँगै इन्भेण्टमेण्ट बैंकले बैंक ग्यारेन्टी बापतको २ अर्ब १० करोड रुपैयाँ फिर्ता पाउने छ ।

गत सेप्टेम्बर २०१८ मा तनहुँ जलविद्युत् लिमिटेडका पक्षमा इटालीको इन्टेन्सा सन्पाओला एसपीएले आफ्नो ग्राहक ओअपरेटिभा मुराटोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)– सीएमसी दे रेभेना सोसाइटाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकलाई ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ र युरो ८७ लाख ४९ हजार २३९ युरो (कुल रकम २ अर्ब १० करोड रुपैयाँ) को काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

इन्भेष्टमेण्ट बैंकले सन् २०१९ फेब्रुअरीमा तनहुँ जलविद्युत्का तर्फबाट ठेकेदार कम्पनी सीमएसीले आफ्नो करारअन्तर्गतको दायित्व उल्लंघन गरेको दाबी प्राप्त ग¥यो । इन्टेन्सा सन्पाओला एसपीएमाथि बैंक ग्यारेन्टी राशीका लागि इन्भेष्टमेण्ट बैंकले माग दाबी गरेपछि उसले इटालीको ट्रिबुनल डे बोलोनाको आदेश भन्दैै रकम भुक्तानीका लागि अस्वीकार ग¥यो ।

त्यसपछि इन्भेष्टमेण्ट बैंकले तनहुँ जलविद्युत्को मागलाई बैंक ग्यारेन्टीको सर्त मुताबिक तत्कालै भुक्तानी गर्न बाध्य थियो ।

यो विषयमा लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्ण इजालसले ९ जुन २०२० (२७ जेठ २०७७)मा यसअघिको इन्टेन्सा सन्पाओला एसपीएले इनभेष्टमेण्टलाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको छ ।

यसरी यो आदेशले अघिल्लो अदालतको आदेशलाई अमान्य घोषित गरेसँगै इन्भेष्टमेण्ट बैंकलाई इटालियन बैंकबाट बैंक ग्यारेन्टीको रकम प्राप्त गर्न निश्चित आधार प्राप्त भएको बैंकद्वारा ािजरु विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here