‘भूमि फिर्ता हाम्रो साझा भावना, जस सबैको हो कसैले देवत्वकरण नगरौँ ‘

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि फिर्ता हाम्रो साझा भावना रहेकोले जस लिनेगरी कसैले कोहीलाई देवत्वकरण गर्न जरुरी नरहेको बताएका छन् ।

बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूमि फिर्तासिंगो जनभावनाको कुरा भएको बताए । नेपालले नयाँ नक्सा जारीपछि जस लिनेगरी कसैले कोहीलाई देवत्वकरण गर्न जरुरी नरहेको उनको भनाइ थियो ।

ओलीले नेपाललाई पुर्खाले लडेर जोगाएको बताउँदै अब यो पुस्ताले अडिन सकेमा सार्वभौमिकता र भौगोलिक अखण्डता जोगिने उल्लेख गरे। ‘पुर्खाले यो देश लडेर बचाएका हुन्, हामी आज अडे मात्रै हाम्रो भौगोलिक अखण्डता जोगिन्छ, त्यसैले हामी अडिनु जरुरी छ’, उनले भने ‘भूमि फिर्ता अभियान हाम्रो साझा भावना र साझा अभियान हो। कसले जस लिने, कसले श्रेय लिने विषय हुँदै होइन। कसैलाई देवत्वकरण गर्ने कुरै होइन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here