अबुधावीमा मध्यपूर्वकै पहिलो परम्परागत शैलीको भव्य हिन्दू मन्दिर !

काठमाडौं । युनाइटेड अरब एमिरेट्सको अबुधावीमा मध्यपूर्वकै पहिलो परम्परागत शैलीको हिन्दू मन्दिर बनेकाे छ ।

मन्दिरको लागि भारतीय कालिगढहरुले भारतमै ढुंगामा विभिन्न आकृति कुँदेका थिए र पछि त्यसलाई अबुधावी ल्याएर एसेम्बल गरिएकाे थियाे ।

दुवई–अबुधावी हाइवे नजिकै अबुमुरेइकामा बनेको मन्दिरको डिजाइन, निर्माण र व्यवस्थापन बिएपएस स्वामीनारायण संस्थाले गरेकाे हाे ।

‘ढुंगाको कलात्मक मन्दिर बनाउन सीपालु कालिगढहरुले भारतमा ढुंगाको आकृति कुँदेर तयार गरेपछि त्यसलाई युएईमा ल्याएर एसेम्बल गरि मन्दिर निर्माण गरियाे’, स्वामीनारायण संस्थाका एक प्रवक्ताले भने, ‘हामीलाई मन्दिरको डिजाइन, निर्माण र व्यवस्थापन गर्ने मौका दिएकोमा युएई र भारत सरकारलाई धन्यवाद पनि दिन चाहन्छौं ।’

अबुधावीमा बनेकाे उक्त मन्दिर कलात्मक र भव्य छ । मन्दिर प्रांगणमा आगन्तुकहरुको केन्द्र, प्रार्थना गर्ने हलहरु, प्रर्दशनी र सिक्ने ठाँउहरु, बच्चाहरुलाई खेल्ने ठाँउ, पानीका फोहराहरू, पुस्तक र उपहार पसलका संरचना पनि निर्माण गरिएका छन् ।

मन्दिरको निर्माण युएईको धार्मिक सहिष्णुता बढाउने र विश्व शान्ति कायम गर्ने अभियानको एक हिस्साको रुपमा लिइएको छ । यो मन्दिर सबै धर्ममा मानिसहरुको लागि खुल्ला रहने छ ।

यसले हिन्दू धर्मावलम्बीहरुको विश्वास र परम्परालाई सहज बनाउँछ र लाखौं हिन्दूधर्मावलम्बी आप्रवासीका साथै पर्यटकहरुलाई सेवा पुर्याउने छ ।

मन्दिर भारतको नयाँ दिल्लीमा भएको अक्षरधाम मन्दिरको शैलीमा नै निर्माण भएकाे छ । दिल्लीमा भएको मन्दिर भन्दा केही सानो भएपनि मन्दिर वरिपरि सुन्दर पानीका फोहराहरु र हरियो बँगैचा निर्माण गरिएका छन् ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here