सरिता गिरीलाई संशोधन फिर्ता लिन समाजवादी पार्टीको निर्देशन

काठमाडौं, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएपछि पार्टीले उनलाई सो संशोधन फिर्ता लिन निर्देशन हो ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् ।

गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन्। उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन्।

त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए। संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here