चार्टर्ड फ्लाइटको नाममा महँगो भाडा लिनेमाथि छानविन गर्न समिति गठन

काठमाडौं, २८ जेठ । चार्टर्ड फ्लाइटको नाममा चर्को भाडा लिएको पाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिती गठन गरेको छ।

मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख र मन्त्रालयका कानुन शाखाका उपसचिव रहने गरि तीन सदस्यीय छानबिन समिती गठन गरेको हो।

मंगलबार एक ट्राभल एजेन्सीले जापानको नारिता उडानका लागि उडान अनुमती नलिई यात्रुलाई त्रिभुवन विमानस्थल पुर्‍याएको थियो। सोसाइटी ट्राभल एजेन्सीले यात्रुसँग महँगो भाडा लिएको र यसमा चार्टर्ड गरिएको नेपाल एयरलाइन्सको भूमिका समेत शंकास्पद देखिएको थियो।

उक्त गुनासोपछि मंगलबार जारी विज्ञप्तीमा भनिएको छ – ‘कोभिड–१९ का कारण सिर्जित परिस्थितिले गर्दा नेपालमा रहेका विदेशी तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविकरुपमा बढी रकम लिई टिकट विक्री गरेको गुनासो आएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।

मनलाग्दी भाडा लिएर चार्टर्ड फ्लाइट गरेको पाइएपछि प्राधिकरणले कूटनीतिक माध्यमबाट भएका बाहेकका चार्टर्ड फ्लाइटमा प्रतिबन्ध लगाएको थियो। विमान चार्डर्ट गर्दा पूर्व स्विकृती र यात्रुहरुसँग लिइने भाडासमेत खुलाएर निवेदन दिनुपर्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here