महाविपदमा लड्न जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ गतिलो उदाहरण

काठमाडौं । कोरोना माहामारीले यतिवेला विश्वलाई अस्थब्यस्थ बनाइदिएको छ । तीव्ररुपमा फैलनसक्ने र उपचार समेत पत्ता नलागेको यस भाइरसले दुनियाँभर त्रासदी फैलाएको छ ।

यसको उपचार र रोगसँग जुध्नको लागि एक मात्र विकल्पको रुपमा योग र आयुर्वेदिक पद्धतीमात्र धेरै देशको रोजाईमा परेको छ ।

विश्वका शक्तिशाली देशलाई समेत घुँडा टेकाउन बाध्य पारेको कोरोनाले नेपालमा पनि केहिदेखि संक्रमितको संख्या बढ्दै गएको छ । पूर्व तयारीको लागि केन्द्र, प्रदेश, स्थानिय सरकार आ आफ्नो ढंगले लागेको छ ।

कयौ स्थानमा क्वारेन्टिनको व्यवस्था समेत गलिलो गर्न नसकेको बेला प्रदेश १ मा भने जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ गतिलो उदाहरणको रुपमा देखिएको छ । आफ्नो भक्तजनको परिश्रम र पसिनाको थोपाबाट संकलित रकमले निमार्ण गरेको आश्रमको ६० कोठा ‘होल्डिङ् केन्द्र’लाई दिएको छ ।

भक्तजनहरुले आफु बसेको ठाँउ खाली गरि महामारीको कारण विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न ठाँउ उपलब्ध गराएका हुन् । ६० कोठामा १ सय ८० बेडको आइसोलेसनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी सेवापीठसँगको सम्झौता र सहकार्यमा होल्डिङ् केन्द्रको रुपमा भवन प्रयोगमा ल्याईएको छ ।

आफु बसिरहेको ठाँउ खालीगरी देशको लागि परेको बेला पुनः श्रीरामानन्दाचार्य सेवापीठका पदाधिकारी लगायत भक्तजनहरुले कर्तव्य निभाएका छन् । संकटको बेला सरकार र आम नेपाली जनताको विपदमा साथमा साथदिन भवन प्रयोगको साथै सेवापनि गरिरहेका छन् ।

महाविपद साथसाथै श्रीरामानन्दाचार्य सेवापीठ

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ महाविपद साथसाथै रहने संस्था हो भन्ने यस अघिका धेरै उदाहरण रहेका छन् ।

राष्ट्रलाइ परेको महाविपद भुकम्प , बाढिपहिरो, गरिब, अशक्त, दिर्घरोगीहरुलाई साथ र सहयोग दिँदै आएको संस्था श्रीरामानन्दाचार्य सेवापीठ हो ।

फाइलफोटो

भुकम्पको बेला देशको विभिन्न स्थानमा गएर स्वास्थ शिविर, पुनर्निमार्ण, भोजन, उद्धार लागायतको काम यस संस्थाले गरेको थियो ।

अहिलेको विश्वव्यापी माहामारीमा पनि एटेज बाथरुम सहित रहेको सुविधा सम्पन्न भवन बिरामीको लागि अझ सहज होस् भनेर उपलब्ध गराएको छ ।

त्यसबाट प्रदेश सरकारको लागि ठूलो सहयोग मिलेको छ । यस्तो अवस्थामा प्रदेश सरकारले संस्थागतरुपमा एकै ठाँउमा सुविधा सम्पन्न सहितको भवन प्रयोगमा ल्याएको पहिलो हो ।

फाइलफोटो

जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ भित्र पसेर हेर माथि उठेर सोच भन्ने नारा साथ हरेक व्यक्ति भित्र रहेको अन्तर उर्जाशक्तिलाइ ध्यानको माध्यमबाट उत्थान गर्ने र हरित क्रान्तिको माध्यमबाट समाज र देश आत्मा निर्भर बन्न प्रेरित गर्ने महायोगी सिद्धबाबाको बिचार र लक्ष्यका साथ अघि बढेको संस्था हो ।

स्वच्छ नेपाल, स्वस्थ नेपाल, स्वरोजगार नेपाल,समृद्ध नेपाल, सु-संस्कारी नेपाल आपसी भाइचारा,हरित क्रान्ति आपसी सद्भावको अभियान नै मुल उदेश्य रहेको छ ।

फाइलफोटो

यस संस्थाले महायोग साधना अनि आयुर्वेदको माध्यमबाट दुर्व्यसनको कुलतमा फसेका कयौं युवाहरूलाइ आजजीवनको सहि मार्गमा हिड्नलाइ प्रेरणा दिदै आएको छ ।

जीवन देखीहार खाएका कयौ व्यक्तिहरुलाई जीवनको सहि बाटो देखाइ आपसी भाइचारा, सद्भाव , आपसी मेलमिलाप, सबैमा भक्ति प्रेम बाड्दै स्वच्छ र स्वस्थ समाज अनि देशको सर्वाङ्गिण उन्नतीमा श्रीरामानन्दचार्य सेवा पीठलागि रहेको छ ।

फाइलफोटो

जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठले यसअघि गाउँ-गाउँमा जाहाँ औषधिको नाममा सिटामोल समेत पुग्न नसकेको दुर्गम अनि बिकट ठाँउमा गएर पचासौं हजार मानव समुदायलाइ निःशुल्क भोजन एवं स्वास्थ्य शिविर संचालन गरी नाडी विज्ञान अनि आयुर्वेदिक औषधिद्धारा बासिन्दालाई प्रत्यक्ष लाभान्वित गराएको छ ।

समाज सेवाका कार्यहरूमा भगवत परायण भएर ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् ।।’ अनि ‘ जननी जन्मभूमिष्च स्वर्गादपि गरियसि ।।’ को मुल मन्त्रलाइ हृदयन्गम् अनि आत्साथका साथ यस जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ ले नित्यनिरन्तर हिजोका महाविपदका हिजोका दिनहरूमा पनि कर्तब्य बहन गर्दै आएको छ ।

फाइलफोटो

जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठ स्वास्थ्य,शिक्षा,संस्कार,समृद्धि र शान्ति -‘पञ्च स’ लाइ मुलमन्त्र मानेर पाशुपत सिद्ध महायोगको माध्यमबाट मनुष्यमा देवत्व जगाउने अभियानमा लागि परिरहेको संस्था हो । साथै देशमा आयुर्वेद विश्वविद्यालयको स्थापनाको लागि संस्था सक्रिय रहँदै आएको छ ।

को हुन् श्रीरामानन्दाचार्य सेवापीठका पिठाधिश्वर महायोगी सिद्धबाबा ?

जगद्गुरू श्रीरामानन्दाचार्य सेवापीठका पिठाधिश्वर महायोगी सिद्धबाबा स्वयं एक अयुर्वेदिक अनि नाडी विज्ञ (आयुर्वेदिक डाक्टर) हुन् ।

जसले असङ्ख्य बिकट स्थानमा गएर प्रत्यक्ष उपस्थित भइ मानवजातिको दिन रात भोक प्यास नभनी अहोरात्र सेवा गरेका छन् ।

फाइलफोटो

अनि आफ्नो तपोबलद्धारा योग साधना लाइ साङ्गोपाङ्ग रूपमा प्राप्त गरी पाशुपत सिद्ध महायोग साधनाको माध्यमद्धारा केवल संकल्पबाट मात्र पनि कुण्डलिनी शक्तिलाई उजागर गराई श्रीरामनाम को भक्ति योग जगाइ देश-विदेशमा रहेका सम्पूर्ण मानव जगत को कल्याण गर्दै आएका छन् ।

यस जगद्गुरू श्रीरामानन्दचार्य सेवा पीठका पीठाधिस्वर जगद्गुरू महायोगी सिद्धबाबा एक श्रोत्रिय , ब्रम्हनिष्ठ , गुरू परम्परामा आवद्ध रामानन्दिय सम्प्रदायका बयालिसौं आचार्य , समाधि सिद्ध त्रिदण्डधारी जगद्गुरू हुन् ।

9 COMMENTS

  1. पूजनीय महायोगी सिद्ध वावा को जय होस् ।श्री रामानन्दाचार्य सेवापीठ को जय।यस्तो महा विपदको समयमा राष्ट्र र राष्ट्रियताको लागि यो हातेमालोले सहि गन्तव्य लिन सकोस।जसले महायोगी सिद्ध वावा को सङ्कल्प र भक्तहरुको पसिनाले सार्थकता पाउन सक्नेछ।
    हनुमान जीको काखमा आगन्तुक सवै महानुभावलाई शीघ्र स्वास्थ्य लाभको कामना।

  2. प्रेरणादायी तथा अनुकरणीय कार्य।यो लेख जनमानसमा उदाहरणको रुपमा ल्याइदिनु भयकोमा लेखकलाई धेरै धेरै धन्यवाद।महायोगी सिद्ध वावाको नाम अनुरुप दूरदर्शी दृष्टिकोणलाई हुदयवाट स्वागत गर्दछु। वहाँको आयुर्वेदिक विश्व विद्यालय वनाउने र राष्ट्रलाई आयुर्वेद मार्फत समृद्ध वनाउने कार्यको शुरुवात भयको महशुस भयको छ।सरकार पक्षले यो महामारी को महाविपदमा भविष्यमा सङ्क्मितहरुको सेवाको लागि यो दिव्य धामको चयन गर्नु भयर राम्रो निर्णय गर्नु भयको छ।श्री राम तारक सम्पन्न भयको विराटस्वरुप हनुमान जीको यो काखमा सवैलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
    जय श्री राम तारक व्रम्ह पीठ।
    जय जय पूजनीय महायोगी सिद्ध वावा।
    जय श्री हनुमान जी महाराज।

    • जय श्री राम तारक व्रम्ह पीठ।
      जय जय पूजनीय महायोगी सिद्ध वावा।
      जय श्री हनुमान जी महाराज।

  3. Yesto mahamari ko samaya ma aafno bare ma nasochi rastriya,samaj ra manab ko lagi vanera manab sewa garnu hune bhaktajaan haru lai dherai dherai naman👏 sathai yesto sewa garna uthsaha ra gyan pradhan garnu hune SadhGurudev bhagwan lai koti koti naman sathai dherai dherai dhanyabad👏

  4. यो लेख पढेर खुशी लाग्यो। हाम्रो समाजमा महायोगी सिद्ध वावा जस्तो मानव मात्रको कल्याण गर्ने युगपुरुषहरु पनि छन्।जसको कारण आम मानिसले चैनको स्वास फेर्न सक्छन।अन्य ठाउँको quarantine भन्दा यो धेरै नै फरक र भविष्यको कोरोना महामारीवाट सङ्क्रमितहुनसक्नेहरुका लागिसुविधा सम्पन्न रहेमा विश्वास गर्न सकिन्छ। विश्व विज्ञान नै अलमल्लमा परिरहेको वेला आयुर्वेदिक पद्धतिबाट उपचारको व्यवस्था मिलाइएको पक्ष पनि सह्राहनीय य छ।पूजनीय महायोगी सिद्ध विवादलाई हातेमालो गर्दै अगाडि वढ्न पनि आह्वान गर्नु भयको पढेको थिएँ, आज त्यहि कुरा व्यवहारमा लागू भयको हो की भन्ने लागेको छ।यसमा सवैलाई सफलता मिलोस यहि कामना गर्दछु।जो कोहि त्यस दिव्य स्थानमा वस्न र उपचार गराउन पाउनु हुन्छ।सुखद रहोस्!शिघ्र स्वास्थ्य लाभ होस।पूजनीय महायोगी सिद्ध वावाको सत्सङ्कल्पले मूर्तरुप लिन सकोस।
    जय श्री राम!

  5. एकदमै मन छुने पोस्ट आकास भाइको।हो यस्तो महाविपत्तिमा लड्न जगतगुरु श्री रामानन्दचार्य सेवापिठ गतिलो उदाहरण हो। यसरी आगो दन्के जस्तो तिव्र गतिमा फैलिरहेको Corona virus को त्रास र महामारी जस्को १००% उपचार र रोकथाम अहिलेसम्म नलागेको र यस रोग सङ्ग जुध्न
    को लागि एक मात्र विकल्प को रुपमा सिद्धबाबा द्वारा सुरु गरिएको योग र आयुर्वेदिक पद्धति बाट समाचार सुन्न मा आउदा मन खुशी ले गदगद भएको छ 🙏

  6. यो लेख् ले गुरुदेवको माहानता ल़ाई झनै प्रस्ट्याएको छ l
    आफ्नो पर्बाह नगरी सदा सर्बदा पर हितको लागि दद्द चित्त रहने उहाको स्वभाव लाई सदा सर्बदा नमन टक्र्याउन चाहान्छु l तेस्मा अझै कोरोनl को संक्रमित जटिल बिरामी नै आएपनि गुरुदेव लाइ एसको उपचार गर्ने अवसर प्रदान गर्नसके हाम्रा दाजु भाई ,दिदि बहिनिहरुले अकाल मृत्रु बाट बच्न पाउनु हुन्थ्यो l संजीवनी को पहाड भएको ठाउमा त पुर्याइयो तर संजीवनीलाइ भने अझै लुकाई नै राखिएको l यस बिसय मा पनि सबैको ध्यान जावोस , जयश्री सिताराम गुरुदेव कोटी कोटी प्रणाम..

  7. जगतगुरु महायोगी सिद्द बाबाको जगत कल्याण हेतु गरियेका अथक प्रयासहरुप्रती सबैको ध्यान जाओस र वहाको यश दिब्य प्रयाद लाई मुरि मुरि साधुबाद। वहालाई हामी माझ पाउनु हामी नेपाली हरुको लागि ठूलो भाग्यको कुरा हो। अहिले को यस कोरोना महामारी को बिपदमा महाराजजि चिन्तित हुनु र यस्तो दुखको घडिमा आश्रम को तरफ बाट राज्य सर्कार लाई सेवा पुर्याउनु भयेको यश महान कार्य बाट सम्पुर्ण त्यहा उपस्थित हुने हरुलाई हनुमानजिको कृपा मिलोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here