पुनर्निर्माणले जन्माएका नयाँ पर्यटकीय गन्तब्य

काठमाडौं, १२ वैशाख । विनाशकारी गोरखा भूकम्पको ४ वर्ष पुरा भएको छ । १२ बैशाख २०७२, शनिबार मध्याह लगभग आधा नेपाल पुरै हल्लिएको थियो । ९ हजारभन्दा माथि व्यक्तिले ज्यान गुमाए भने खर्बौं मूल्य बराबरको धनमाल\पूर्वाधारमा क्षति भयो । उठ्दै गरेका नेपालको अर्थतन्त्रलाई नै तहसनहस बनायो ।

तर, अब नेपाल बिस्तार उठ्दैछ । पीडाका घाउ क्रमशः पुरिने क्रममा छन् । गाउँवस्ती पुनर्निर्माणको चरणमा छन् । यस्तैमा गोरखा भूकम्पले नेपालमा एक सकारात्मक सोचको विकास पनि भएको छ, त्यो हो एकिकृत वस्ती निर्माण । ति वस्ती अब आकर्षक पर्यटकीय गन्तब्यमा परिणत हुँदै गएका छन् :

बारपाक
भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँ गोरखाको बारपाक नेपाली बीचमा परिचित स्थान हो । गोरखा भूकम्पले यो स्थानलाई अझै चर्चामा पुर्यायो । कारण, उक्त भूकम्पको केन्द्र नै यही स्थानमा थियो । त्यसकारण बारपाकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्यो । ७० जनाले ज्यान गुमाएको यस स्थानका सबै घर भत्किएका थिए । विभिन्न निकायको सहयोगमा पुननिर्माण भएको यो वस्ती अब संसारभरका पर्यटकबीच लोकप्रिय गन्तब्य बन्नेछ । किनकी एक त विनाशकारी भुकम्प, अर्को यहाको आकर्षक वस्ती । गुरुङ समुदायको बाहुल्य रहेको बारपाकमा भूकम्प अघि पनि होमस्टे संचालन गरी पर्यटक आकर्षित गर्ने काम भइरहेको थियो ।

गिरानचौर
हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को प्रयासमा निर्माण भएको आकर्षक वस्ती हो, गिरानचौर । सिन्धुपाल्चोक जिल्लामा अवस्थित एकिकृत नमुना वस्ती गिरानचौरले नेपालमा एकिकृत वस्ती विकास सम्भव छ भन्ने पनि पाठ सिकायो । ३१ रोपनी क्षेत्रफलमा फैलिएको यो वस्तीमा ६५ घरधुरी रहेका छन् । राजधानी काठमाडौंबाट सिन्धुपाल्चोक पुग्ने जोकोही एक पटक गिरानचौरको अवलोकन बिना फर्किदैनन् ।

पहरी वस्ती

भूकम्पपछि धुर्मस सुन्तलीले विकास गरेको पहिलो एकिकृत वस्ती हो काभ्रको पहरी वस्ती । १८ घरधुरीका लागि यी समाजसेवी कलाकारले ७० दिनमा बस्ती निर्माण गरिदिएका थिए । यहाँ २० वटा भवन बनाइएको छ । यस परियोजनाबाट उत्साहित धुर्मुस सुन्तली अहिले पनि सामाजिक हितमा सक्रिय छन् ।

मुसहर वस्ती
गोरखा भूकम्पले महोत्तरीको बर्दिवासस्थित मुसहर वस्तीमा कुनै असर गरेको थिए । तर, यहाँ अहिले भब्य एकिकृत वस्ती निर्माण भएको छ । यसको कारण पनि गोरखा भूकम्प भने पक्कै हो । किनकी धुर्मुस सुन्तली फाउण्डेसनले तेस्रो परियोजनाको रुपमा यो वस्ती विकास गरेको हो । गरिबी र अभाव भोगिरहेका मुसहर वस्तीलाई त्यो नर्करुपी जीवनबाट माथि उकास्न फाउण्डेसनले गरेको प्रयासस्वरुप हिजोको गरिब झुपडी आज पर्यटक तान्ने आकर्षक क्षेत्र बनेको छ । यहाँ ५३ घरपरिवारले आकर्षक घर पाएका छन् ।

थपिदैछन् एकिकृत वस्ती
राष्टिय पुनर्निर्माण प्राधिकरणका अनुसार एकिकृत वस्ती अब थपिने क्रममा छन् । विभिन्न स्थानबाट एकिकृत वस्ती निर्माणका लागि ३७ वटा प्रस्ताव प्राप्त भएको प्राधिकरणले जानकारी दिएको छ । त्यसमध्ये २९ वटा वस्तीको योजना पनि स्वीकृत भइसकेको छ । विभिन्न तीन स्थानमा एकिकृत वस्ती निर्माण अहिले पनि जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here