एसइई परीक्षा नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

काठमाडौं, २८ जेठ । सरकारले कक्षा १० को अन्तमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यसवर्ष नगर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा कोरोना महामारीका कारण रोकिएको परीक्षा तत्काल गर्न सक्ने अवस्था नभएको र शैक्षिक वर्ष क्षति हुन नदिनका लागि विद्यालयले गरेको मूल्यांकनलाई नै मान्यता दिने गरी निर्णय गरेको हो ।

शिक्षा ऐन २०२८ को दफा ४ (ट) वमोजिम परीक्षा सञ्जालन हुने अवस्था नरहेको भन्दै सोही ऐनको दफा २० ले दिएको अधिकार प्रयोग गरी सरकारले परीक्षा नगर्ने निर्णय गरेको हो।

गत चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा ५ गते मात्र सरकारले स्थगित गर्ने घोषणा गरेको थियो। विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव देखिएको थिएन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here