सुनको भाउ तोलाको ९० हजार नजिक

काठमाडौं, २९ जेठ । नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन १ हजार रुपैयाँ बढेर तोलाको ९० हजार रुपैयाँ नजिक पुगेको छ।

बिहिबार प्रतितोला छापावाल सुन ८९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार १ सय ६० रुपैयाँ कायम भएको छ।

लकडाउनको पछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४ सय रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४ सय रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार २ सय ६० रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९सय ६० रुपैयाँ कायम भएको थियो।

यसैगरी चाँदीको भाउ बिहीबार तोलामै २० रुपैयाँ बढ्दै ९ सय ५० रुपैयाँ कायम छ। चाँदी प्रतितोला मंगलबार बुधबार ९ सय ३० रुपैयाँ कायम भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here