राष्ट्रिय प्राथमिकताका दुई ठूला सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण दिने

फाइल तस्विर

काठमाडौं, २९ जेठ । विश्व बैंकले नेपाललाई थप ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ।

दुई राष्ट्रिय प्राथमिकताका सडक निर्माणका लागि बैंकको बोर्डले ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको हो ।

सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋणले पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिन र पूर्वपश्चिम राजमार्गको पथलैया-कमला सडक निर्माण अघि बढाउन लागिएको हो।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका विकास हुने विश्वास गरिएको छ।

उपत्यका प्रवेश गर्ने मुख्य मार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडक भएर ठुला मालवाहक सवारीसाधनहरु चल्छन्। भारतबाट काठमाडौंका लागि आयात गरिने सामान र काठमाडौंबाट निर्यात गरिने सामान यही बाटो बाट ढुवानी हुन्छ।

उता मुग्लिनबाट नारायणघाटसम्म पनि सडक विस्तार भइसकेको छ। बीचमा रहेको यो खण्ड भने बाँकी छ।

कमला-ढल्केबर-पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुने छ। सरकारले पूर्व-पश्चिम राजमार्गलाई रुपान्तरणकारी आयोजनामा समावेश गरेको छ।

जसलाई पाँच वर्षमा चार लेनमा विस्तार गरिसक्ने लक्ष्य छ। राजमार्गको यो खण्ड करिब १३० किलोमिटर लम्बाइको छ। महाशाखाका अनुसार ७६ वटा पुलहरु पर्छ। बागमती, कमला, बकैया लगायतका स्थानहरुको पुलको लम्बाइ लामो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here