काठमाडौं । भारतले कोरोना संक्रमणमा प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोक्वाइन निर्यातमा प्रतिबन्ध हटाएको छ । हाइड्रोक्सिक्लोरोक्वाइनलाई मलेरियाविरुद्धको औषधिका रुपमा प्रयोग गरिँदै आपनि एन्टिभाइरल औषधिका लागि केही मुलुकमा प्रयोग गरिँदै आएको छ ।
भारत हाइड्रोक्सिक्लोरोक्वाइनको सबैभन्दा ठूलो उत्पादक मुलुक हो । मार्चमा लकडाउनका कारण औषधि उत्पादनमा कमी आएसँगै भारतले निर्यातमा रोक लगाएको थियो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भारतले लकडाउनमा केही खुकुलो बनाएसँगै अमेरिकालाई पाँच करोड ट्याबलेट हाइड्रोक्सिक्लोरोक्वाइन निर्यात गरेको थियो ।
ट्रम्पले हाइड्रोक्सिक्लोरोक्वाइनलाई कोरोनाको औषधिको दाबी गर्दै आए पनि चिकित्सा विज्ञहरुले भने यसको कुनै प्रमाण नभेटिएको बताएका थिए । नेपालले पनि भारतलबाट मलेरियाका औषधिका लागि हाइड्रोक्सिक्लोरोक्वाइन आयात गर्दै आएको छ ।