सार्वजनिक यातायात तत्काल नचल्ने, मोटरसाइकलमा एक जना मात्र

फाइलफोटो

काठमाडौं, २९ जेठ । सरकारले लकडाउनको मोडालिटी खुकुलो बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको निर्णयले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ ।

बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सामाजिक दूरीसहित स्वास्थ्यसँग सम्बन्धित सबै सेवा सञ्चालन हुने खतिवडाले जानकारी दिए। कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछ ।

सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ ।

उपत्यका बाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ । सपिङ मल सञ्चालनमा नआउने सरकारको निर्णय छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here