नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ पुग्यो

काठमाडौं, २९ जेठ । नुवाकोटमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कोलोनीले बिहिवार एक विज्ञप्ती निकाल्दै थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

विज्ञप्ती अनुसार तारकेश्वर गाँउपालिका स्थित क्वारेन्टिमा रहेका ३४ वर्षीय पुरुषको पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनलाई त्रिशुली अस्पतालमा उपचारको लागि लगिएको छ । योसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या ७ पुगेको छ । एकजना निको भएर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here