क्‍वारेन्टिनमा बसेर घर फर्कर्दै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

फाइलफोटो

काठमाडौं, २९ जेठ । अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर फर्कँदै गर्दा मृत्यु भएका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बिहीबार उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परेका मालारानी गाउँपालिका ४ का ५७ वर्षीय पुरुषको बुधबार बिहान ११ बजेतिर बुटवलबाट उपचार गरेर फर्किने क्रममा मृत्यु भएको थियो ।

ती पुरुष १४ दिनअघि मात्रै भारतबाट स्वदेश फर्किएका थिए । भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका उनमा उच्च ज्वरोसँगै श्वासप्रश्वासमा समेत समस्या भएपछि मंगलबार अस्पताल लगिएको थियो ।

मृतक पुरुषको बिहीबार राति नै आवश्यक सुरक्षासहित दाहसंस्कार गरिएको छ । योसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या १६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here