गण्डकी प्रदेशमा थप ३७ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० जेठ । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार विहान स्याङ्जा, पर्वत, तनहुँ र पूर्वी नवलपरासीका थप ३७ जनामा कोरोना पुष्टि भएको हो । यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

स्याङ्जाका संक्रमित गल्याङ नगरपालिकाका सबैभन्दा धेरै १८ जना छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ ।

स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पर्वतको कुश्मा नगरपालिकामा १० जनामध्ये १ जनाको उमेर खुलेको छैन । पर्वतकै पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना संक्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here