सार्वजनिक बिदामा पनि सबैं वर्गका बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालय खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा र काउन्टर खोल्न निर्देशन दिएको हो ।

साथै बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको छ ।

सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी छ ।

मन्त्रीपरिषद बैठकको निर्णय अनुसार सरकारी कार्यालयसँगै निजी कार्यालय, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका कार्यालय समेत २ सिफ्टमा संचालन गर्नुपर्नेछ ।

पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म र दोश्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म कायम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here