लकडाउनको खर्च किस्ताबन्दीमा तिर्न पाउनु पर्ने व्यवसायी संगठनको माग

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्लाका उद्योगी व्यवसायीले कर तिर्ने समय तीन महिन थप गर्न माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला उद्योगी व्यवसायी कोभिड १९ संकट व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।

साथै लकडाउन अवधिको बैंक ब्याज मिनाहा हुनु पर्ने, बैकलाई तिर्नुपर्ने साँवा, ब्याज, घर बाहाल लगायतको अन्य खर्च एकवर्षको अवधिभित्र किस्ताबन्दीमा तिर्न पाउनु पर्ने माग गरेका छन् ।

त्यस्तै सरकारले काठमाडौँ जिल्लामा कोराना महामारी फैलन नदिन कडा स्वाथ्य सुरक्षाको व्यवस्था गर्नु माग राखेका छन् । बजारमा रहेको बाँकी वक्यौता उठाउनका लागि सरकारले विशेष सहयोग गर्नु पर्ने र छुट्टै कानुनको निर्माण गर्नु उनिहरुको भनाई छ ।

नेपाल राष्ट्र बैंकले घोषणा गरेका ब्याज छुट तथा सुविधाहरु सबै उद्योगी व्यवसायीहरुले सबै कर्जा शिर्षकमा पाउनु पर्ने र लकडाउनका कारण बजारमा रहेको विक्री अयोग्य भएको सामान व्यवस्थापनमा सहयोग गर्न समेत माग गरेका छन् ।

यस्तै, बैंक ब्याजको दर कम्तिमा ५ प्रतिशतले कम गर्नु पर्ने, नेपाल सरकारले लकडाउनका कारण वर्तमान अवस्था र लकडाउन खुकुलो पारे पश्चात सामना गर्नु पर्ने चरम आर्थिक समस्या र संकटमय अवस्थाको सम्बोधन हुने खालको सहयोगी आर्थिक कार्यक्रमहरुको घोषणा हुनुपर्ने माग छ ।

नेपाल सरकारले काठमाडौँ जिल्लामा कोराना महामारी फैलन नदिन कडा स्वाथ्य सुरक्षाको व्यवस्था गर्नु पर्ने तथा बजारमा रहेको बाँकी वक्यौता उठाउनका लागि सरकारले विशेष सहयोग गर्नु पर्ने र छुट्टै कानुनको निर्माण गर्नुपर्ने, घर बहाल नियमित गर्न घर बहाल ऐन निर्माण गर्नु पर्ने माग पनि समितिले गरेको छ ।

नेपाल राष्ट्र बैंकले घोषणा गरेका ब्याज छुट तथा सुविधाहरु सबै उद्योगी व्यवसायीहरुले सबै कर्जा शिर्षकमा पाउनु पर्ने, लकडाउनका कारण बजारमा रहेको विक्री अयोग्य भएको ड्यामेज र एक्सपायर सामानहरुको व्यवस्थापन गर्न सरकार ले विशेष सहयोग गर्नुपर्ने माग गरिएको समितिका संयोजक दिनेश श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here