थप ४ सय ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं, ३० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार चार सय २८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच हजार ६२ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने आठ सय ७७ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here