रिचार्जरबाट स्वास्थ्य सामग्री किन्दा मेगा बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं, ३० जेठ । कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने स्वास्थ्य सामग्री किन्दा मेगा बैंक नेपालका ग्राहकले विशेष छुट पाउने भएका छन् ।

मेगा बैंकका ग्राहकहरुलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो।

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ।

पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले बताएको छ।

रिचार्जरको वेबसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्नेछन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here