दोधारा चाँदनीमा मकै खेतीमा फौजी किराको आंतक, बिषादी छर्दै किसान

दोधारा, ३१ जेठ । अमेरिकन फौजी किराले मकैको बोट नष्ट गर्न थालेपछि स्थानियहरु आतंकित भएका छन् । बालीनाली मात्र नभएर खाली जमिन किरै किराले भरिभराउ हुँदा माटोको उर्वराशक्ति नै ह्रास हुने अवस्थामा पुगेको छ् ।

फौजी किराले माहाकाली नगरपालिकाका स्थानियहरुको मकैको बोट नष्ट गर्न थालेपछि स्थानियहरु कमैको बोटमा औषधी छर्न थालेका छन् । औषधी छर्दा समेत फोजी किरालाई कुनै फरक नपरेको स्थानिय खेम बहादुर थापाले बताए ।

‘अर्को पटक औषधी छर्दै छु’ स्थानिय किसान खेम बहादुर थापाले भने । माहाकाली नगरपालिकाका अर्का किसान राजु सुनारले आफुले बारीमा लगाएको १० कट्टामा लगाएको मकै खेतमा फौजी किराले नष्ट गर्न थालेको छ् । मकैको बोटमा फौजी किराले दिशा गर्दै नष्ट गर्दै आएको किसान सुनारले बताए ।

माहाकाली नगरपालिकाको वडा नं. ५ मा गत बर्ष पहिलो पटक देखा परेको फौजीले अहिले आएर बिकरालरुपमा देखा परेको माहाकाली नगरपालिकाका कृषी शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् ।

कृषी शाखा माहाकालीले किसानहरुलाई फौजी किरा नियन्त्रणको लागी औषधी बितर गर्दै आएको माहाकाली नगरपालिकाका कृषी शाखा प्रमुख कमलापती भट्टले बताए ।

किसानलाई अमेरिकन फौजी किराका कारण समस्या भएको छ् । उनीहरुले जरैबाट किरा नष्ट गर्नका लागि औषधिको माग गरेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरले फौजी किराको संक्रमण देखिएका स्थानीय तहको कृषि शाखाले स्थलगत अनुगमन गरेर प्राविधिक रुपमा किरा नष्ट गर्न समन्वय गरिरहेको छ् ।

कृषि ज्ञान केन्द कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले स्थानीय तहका कृषि शाखा संग समन्वय गरेर फौजी किरा नष्ट गरिने बताए ।

‘केही हामी संग विषादी छ,’ उनले भने, ‘केही नगरपालिकाबाट प्रबन्ध गराउछौं ।’ सुरुमै निदान नभए यसले बाली नै नष्ट गरिदिने भएकाले समस्या देखिना साथ समयमै कृषि प्राविधिक टोली संग समन्वय गर्न उनले किसान संग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here