ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशको सूचीमा दोस्रोमा

काठमाडौं, ३१ जेठ । ब्राजिल कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै व्यक्ति मृत्यु हुने देशको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।

युरोपकै सबैभन्दा धेरै मृत्युहुने देशको पहिलो स्थानमा रहेको बेलायतलाई उछिन्दै ब्राजिल दोस्रो स्थानमा पुगेको हो । ब्राजिल सबैभन्दा धेरै व्यक्ति संक्रमित रहेको देशको पनि दोस्रो स्थानमै रहेको छ ।

अमेरिका सबैभ्न्दा धेरै संक्रमित र मृत्यु हुने दुवैमा विश्वमै पहिलो स्थानमा छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ४१ हजार ८२८ संक्रमितको ज्यान गइसकेको छ । बेलायतमा ४१ हजार ५६६ संक्रमितको ज्यान गएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ हजार ९८२ संक्रमित थपिएका छन् र अब कुल संक्रमित संख्या ८ लाख २८ हजार ८१० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here