४ लाख २९ हजारले गरे कोरोना बीमा, बीमा शुल्कबापत २३ करोड ५६ लाख संकलन

काठमाडौं ३१, जेठ । शुक्रबारसम्म ४ लाख २९ हजार ६ सय १० जनाले कोरोना बीमा गरेका छन् । गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो यो ।

कोभिड १९ को जोखिम सुरक्षणका लागि बीमा कम्पनीहरुले गत वैशाख ७ देखि बिमालेखको विक्री सुरु गरेका थिए । हालसम्म करिब साढे ४ लाख जनाले कोरोना बिमा गरेका छन् ।

उक्त बिमामा २३ करोड ५६ लाख ३७ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सो अवधिमा ३८ हजार ६ सय ९४ वटा बिमालेख विक्री भएको छ ।

हाल २० निर्जीवन बीमा कम्पनीमार्फत उक्त बिमालेख विक्री भइररहेको छ । ३ महिनाको बच्चा देखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यी बिमा गर्न सकिन्छ ।

ती बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ८० हजार १ सय १६ जनाको बिमा गरेको छ । त्यसबाट ४ करोड ४५ लाख रुपैयाँ बराबरकंकलन भएको छ । नेशनल इन्स्योरेन्सबाट सबैभन्दा कम ६ हजार २ सय ७१ जनाको ३४ लाख ९२ हजार रुपैयाँ बिमा भएको छ ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । सामुहिक रुपमा घर परिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ ।

५० हजार रुपैयाँ बिमांक रहेको बिमांकका लागि बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामुहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here