उद्धार उडानको भाडा घट्यो, कहाँको कति ?

काठमाडौं, ३१ जेठ । सरकारले विदेशमा अलपत्र नेपाली नागरिकहरु ल्याउन तोकेका हवाई भाडा फेरि घटाएको छ ।

चार्टर उडान भाडा महँगो भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शनिबार पुनः भाडा घटाएको हो । सरकारले यसपटक प्रमुख श्रम गन्तव्य साउदी,कुवेत मलेसिया लगायतका देशबाट आउने नेपालीहरूका लागि हवाई भाडा घटाएको हो । यसअघि शुक्रबार भाडा केही घटाएको थियो ।

दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ । नयाँभाडादर अनुसार अब मलेसियाको भाडा ४ सय ६५ डलरबाट घटेर ३७२ डलर निर्धारण भएको छ।

त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो ।

साउदी अरबको दमामबाट आउनका लागि १ सय डलर भाडा घटाइएको छ। अहिले ४ सय ३० डलर तोकिएको छ। साउदीको जेहादको भाडा ५ सय ९० डलर तोकिएको छ।

यसअगाडि ६ सय ९० डलर रहेको थियो। साउदीको रियादको भाडादर अहिले ४६५ डलर कायम भएको छ। पहिला ५६५ डलर थियो।

ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल एयरलाइन्सको टिकट पाउने छन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर तोकिएको थियो ।

कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५ बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलरमा झारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here