पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । आइतबार ६१ जना डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here