धितोपत्र बोर्ड र लगानीकर्ताबीचको छलफल निश्कर्षविहीन, एकसाता सेयर बजार नखुल्ने

काठमाडौं, ३२ जेठ । धितोपत्र बजार खुुलाउने विषयमा भएको छलफल निश्कर्षविहीन सकिएकको छ ।

बजार खुलाउने विषयमा आइतबार नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताहरुबीच छलफल भएको थियो ।

दुईघण्टा सम्म चलेको वार्तामा लगानीकर्ताहरुले आफ्ना मागहरु सम्बोधन नभएकाले बजार खुलाउन सहमति जनाएनन् ।

उनीहरुले राहत प्याकेज घोषणा गरेर मात्र बजार खुलाउन आग्रह गरेका थिए ।

आइतबारको छलफल निश्कर्षविहीन बनेसँगै नेप्सेले आगामी असार ४ गते अर्थात बिहीबारसम्म बजार बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेले आइतबार एक सूचना जारी साता धितोपत्र कारोबार बन्द गर्ने जानकारी गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here