कोेरोना संक्रमितको संख्या ८० लाख नजिक, ४१ लाख संक्रमण मुक्त

काठमाडौं । विश्वभर कोेरोना संक्रमितको संख्या ८० लाख नजिक पुगेको छ । एकै दिन १ लाख २१ हजार ९७१ नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको हो ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६६ पुगेको छ । संक्रमित ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ भने ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भएका छन् ।

संक्रमित रहेका मुलुकमध्ये चौंथो स्थानको भारतमा ३ लाख ३३ हजार संक्रमितमध्ये ९ हजार ५ सयको मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी अमेरिकामा २१ लाख ६१ हजार संक्रमित भइसकेका छन् ।

त्यहाँ एक लाख १७ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ८ लाख ६७ हजार संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ रुसमा ५ लाख २८ हजार संक्रमितमध्ये ६ हजार ९ सयको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here